यस्तो छ आजको तपाईको राशिफल : कर्क र कन्या अनुकूल

२०७५, आषाढ ७ गते बिहीबार, शुद्ध ज्येष्ठ शुक्ल अष्टमी, उत्तराफाल्गुनी नक्षत्र, व्यतिपातयोग, कन्यामा चन्द्रमा

मेषः दिन उत्तम छ । कार्य प्रगतिमा गति थपिनेछ । शत्रु पराजित हुनेछन् । आत्मबल बढ्नेछ । मावलीतिरबाट सन्तोष मिल्नेछ ।

वृषः दिन राम्रो छ । स्वास्थ्य सबल रहनेछ । निर्णय क्षमता बढ्नेछ । लेखन तथा प्रकाशन सम्बन्धी काममा सफलता मिल्नेछ ।

मिथुनः दिन प्रतिकूल छ । प्रत्येक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

कर्कटः दिन उत्तम छ । चिन्तन प्रधान काम गरिनेछ । यश, कीर्ति मिलनेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

सिंहः दिन लाभदायक छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । खानपानका परिकार मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ ।

कन्याः दिन भाग्यवर्धक छ । पढाइ लेखाइ हुनेछ । अनुकूल परिणाम मिल्नेछ । उत्साहपूर्ण कार्य सम्पादन हुनेछ ।

तुलाः दिन प्रतिकूल छ । खर्च बढ्नेछ । व्यवहारिक समस्याले पिरोल्न सक्नेछ । अनपेक्षित कामले समय लिनेछ । मन खिन्न हुन सक्छ ।

वृश्चिकः दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आदार सत्कार मिल्नेछ ।

धनुः दिन सन्तोषजनक छ । कार्य प्रगतिमा गति थपिनेछ । उदारतामा वृद्धि हुनेछ । रमाइलो कार्यव्रmममा सहभागी भइनेछ ।

मकरः दिन राम्रो छ । धार्मिक क्षेत्रमा नेतृत्व बढ्नेछ । योजना अनुसार कार्यव्रmम तय हुनेछ । तीर्थव्रत गरिनेछ । स्वास्थ्य अनुकूल हुनेछ ।

कुम्भः दिन प्रतिकूल छ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । मन खिन्न हुन सक्छ ।

मीनः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । व्यवसाय बढ्नेछ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.