जुम्लाको तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नु हुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् ।
दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन्, कथित माथिल्लो जातका ‘जनप्रतिनिधि’ नै हुन् । गाउँमा जातीय बहिष्करणको शिकार बनेका नागरिकसँगै गाउँपालिकाको बैठकमै पानी छोइदिएको भन्दै ‘माथिल्लो जात’ का व्यक्तिले खान नमानेको तितो अनुभव सुनाउँछन् दलित प्रतिनिधि ।
दलित भएकै कारण गाउँ कार्यपालिकाको बैठकदेखि विभिन्न सभा–सम्मेलनमा समेत सहकर्मीबाटै हेपिएको तितो अनुभव दलित प्रतिनिधिसँग छ । आफू दलित भएकै कारण सार्वजनिक ठाउँमा कयौं पटक हेपिनुपरेको तातोपानी गाउँपालिका( ५ की वडा सदस्य दुरुपति नेपालीले बताएको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
