शुक्रवार राती बेङ्गलुरूको एम.चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बैङ्गलोर र किङ्स इलेभन पन्जाब को बिचमा एउटा शानदार म्याच भएको थियो जसमा बिराटको टिमले यो सीजनमा आफ्नो जितको खाता खोलेको छ ।
विराटले मात्र २१ रन बनाउन सके पनि उनको टिमले अगिल्लो हार पछि खुसियाली मनाउन पाएको छ । जब मैदानमा खेलाडिहरुको टक्कर चलिरहेको थियो त्यही समयमा स्ट्याड्नमा पनि एउटा भिडन्त चलिरहेको थियो त्यो बलिउड सुन्दरीहरुको ‘खुसियालीको अन्दाज’ को भिडन्त ।
स्ट्याण्ड्समा चलिरहेको भिडन्तमा सामेल भएका मध्ये एक थिइन् किङ्गस् इलेभेन पन्जाबको सह-मालिक बलिउड अभिनेत्री प्रिटी जिन्टा गुडइनफ (प्रिटीले २ बर्ष अगाडी अमेरिकाको जीन गुडइनफसँग विवाह गरेकी थिइन्) भने अर्की थिइन् विराट कोहलीको श्रीमती अनुष्का शर्मा कोहली । आईपीएल हेर्न अनुष्का धेरै पटक आइसकेकी छन् तर पहिलो पटक मिसेज कोहलीको रुपमा भने पहिलो पटक आएकी थिइन् ।
अनुष्का जुन टीमको सपोर्ट गर्न पुगेकी थिइन् अन्तत त्यही टिमको जित भयो । खेलको समाप्ती सँगै यि दुई बलिउडका चर्चीत नायिकाहरु एक अर्का सँग कुराकानी गरेको देखियो कतिपय उनिहरुको हाउभाउ देख्दा एउटा फोटो यस्तो देखियो जुन देख्दा यस्तो लाग्थ्यो कि उनिहरु एकआपसमा झगडा गरिरहेका छन् । जुन फोटो निकै भाइरल पनि भएको छ भने फ्यानहरुले पनि यस फोटोलाई कमेन्ट गर्दै यी दुई बिच पक्का झगडा भएको थियो भनि लेखेका पनि छन् ।