मुसीकोटमा भूमेको रौनक

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको खलंगा शहीद मैदानमा परम्परागत भेषभूषामा सजिएका मगर समुदायका मानिसको चहलपहल बढेको छ। व्यापार व्यवसायका मुसीकोटमा बस्दै आएको रुकुमपूर्वका उनीहरूले बलपूजा तथा भूमे नाचमा रमाइरहेका छन्। जेठ १ मा लेकबाट बुकीको फूल टिपेर ल्याई विधिपूर्वक भूमि पूजा गरेपछि बलपूजा तथा भूमे नाच सुरु हुन्छ।

यो पर्व असार ५ सम्म सम्पन्न गर्ने प्रचलन छ। मगर समुदायको मौलिक भेषभूषमा सजिएर बाजाको तालमा लहर लागेर भूमे नाच नाचिन्छ। रुकुम पूर्वका सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकामा बसोबास गर्दै आएका खाम मगर जातिले विशेष महत्त्वका साथ यो पर्व मनाउने गर्दछन्। स्थानीय विक्रम पुनका अनुसार मगर समुदायले पृथ्वी अर्थात् भूमिलाई  मुख्य देवताको रूपमा  पुज्ने प्रचलन छ।

बलपूजामा भूमि अर्थात् पृथ्वीको पूजा गरिन्छ।   भूमिको पूजा गरेपछि भूमि देवता खुसी हुने र अनिकाल नलाग्ने, पृथ्वीमा कुनै प्रकारको अनिष्ट आइनपर्ने, दुःखको नाश भई पृथ्वीवासी सबैमा खुसी आउने जनविश्वास छ। दुःखकष्टबाट मुक्त हुने भएपछि भूमिको पूजा गर्दै आएको र त्यसअनुसार नाचगान गर्ने प्रचलन गरको छ। यस अवसरमा घरपरिवारभन्दा टाढा रहेकाहरू घर फर्किने गर्छन्।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.