दुई वर्षभित्र सक्ने लक्ष्यसहित १९ माघ, ०७१ मा निर्माण सुरु गरिएको राजधानीकाे मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान चार वर्ष बित्दा समेत सञ्चालनमा आउन सकेको छैन ।
२ सय ९४ रोपनी सरकारी जग्गामा भइरहेको निर्माणको अधिकांश काम सकिए पनि पूर्व-पश्चिम क्षेत्रको ४६ आना ३ पैसा निजी जग्गाको मुआब्जा विवाद नसल्टिँदा आयोजना लम्बिएको हो । जग्गा मुआब्जा विवाद रहेको पूर्व-पश्चिम क्षेत्रमा प्याराफिट निर्माण गर्ने योजना छ ।
उत्तरतर्फको प्याराफिट भने निर्माण सकिएको छ । निर्माण पूरा भए १२ हजार दर्शक क्षमताको मूलपानी मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अनुकूल हुने खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
