मारुती सिमेन्ट लि. द्वारा हरेक निर्माण गुणस्तरीय र मजबुत होस भन्ने उद्देश्यले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यान हरेक निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ ।
मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यान मार्फत कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमता बारे जानकारी, भाइबे्रटर र क्युरिङ्ग गर्ने सहि तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकता अनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ ।
यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यका बाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराउनु भयो । मारुती सिमेन्ट कम्पनीले विगतका भिन्न–भिन्न क्षेत्रमा गरेको सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु भन्दा एक कदम माथि उठेर एउटा नयाँ थप प्रयार गरेको छ ।
यस सेवामा निःशुल्क टोल फ्रि नम्बर नेपाल टेलिकम प्रयोगकर्ताका लागि १६६००११७७७७ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७३७७७ नम्बरमा कल गरि आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह सुझाव तथा निर्माणाधीन संरचनाको लागि कंक्रिटको भारवहन क्षमता (Compressive Strength) जाँचको सुविधा लिन सकिने छ ।
पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै सर्वोत्कृष्ट चुनढुंगा खानीबाट अत्याधुनिक च्यतबचथ त्भअजलययिनथ को न्चभभलाष्भमि एबिलत द्वारा उत्पादित नेपालको नम्बर १ ओ.पि.सी. सिमेन्ट – मारुती सिमेन्ट हालै मात्र यसले आफ्नो गुणस्तरलाई अझ निखार्दै अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ जसअनुसार क्लिंकर र ओ.पि.सि सिमेन्ट उत्पादन तथा विक्रि वितरणको लागि NS/ISO 9001:2015 द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ ।
जसले गर्दा यो नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको अवगत गराउँदै ब्राण्ड म्यानेजर श्रेष्ठले भन्नुभयो “यस्तो किसिमको सामाजिक उत्तरदायित्वको क्रियाकलापमा अझै अगाडि बढ्ने प्रयास गर्दै हरेक नेपालीको मन मस्तिस्कमा सधै रही रहने छौँ ।”
Credit : onlinepana.com
