Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/sanilcom/news.sanil.com.np/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38
मन्त्री पण्डितले गल्ती नगर्न निजामति कर्मचारीहरुको गराए ध्यानाकर्षण

अर्थ

मन्त्री पण्डितले गल्ती नगर्न निजामति कर्मचारीहरुको गराए ध्यानाकर्षण

By

April 18, 2018

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र निर्माणमा समर्पित हुन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

उनले निजामती सेवा राष्ट्र निर्माणका लागि सक्षम रहेको विश्वास व्यक्त गरे । नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुको ३२ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै उनले भनसुनको भरमा नचल्न सचेत गराए ।

लोकसेवा पास गरेर आएका निजामती कर्मचारीहरुले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको भनाई छ । उनले गल्ती नगर्न पनि निजामति कर्मचारीहरुलाई ध्यानाकर्षण गराए ।

देशको सेवा गर्ने कसम खाएर आएका निजामती सेवाका कर्मचारीहरुले भनसुनको भरमा चल्न नहुने स्पष्ट पार्दै १५३ जना प्रशासन तालिम लिएका अधिकृतहरुलाई प्रमाण पत्र वितरण गरे ।