पँखेटा उड्ने प्राणीहरुको मुख्य साधन हो । पंक्षीहरुको लागि पँखेटा नै उनिहरुको जिवन हुन्छ । आज यहाँ यस्तै पँखेटा सम्बन्धी रोचक कुरा हामी तपाईहरु समक्ष राख्ने छौ । हामीहरु सबैले एकै प्रकारको कुरा सोच्दैनौ । हरेक मानिस अनुसार उनिकहरु सोच पनि फरक फरक हुन्छ । यही सोच र बिचारले व्यक्तित्व बन्छ । यस्तोमा मनोविज्ञानका अनुसार तपाईलाई मनपर्ने पँखेटाको आकृतिको आधारमा तपाईको व्यक्तित्वको बारेमा केही कुरा थाहा पाउन सकिन्छ । आज हामी तपाईलाई त्यस्तै अवसर दिनेछौ । तपाई आफूलाई मन परेको प्वाँख को नम्बर हेर्नुहोस् र त्यही अनुसारको नम्बर हेर्नुहोस् र पढ्नुहोस् तपाईका धेरै बानीहरु र व्यक्तित्वको बारेमा जान्न सक्नुहुनेछ ।
१ नम्बरको प्वाँख
यदि तपाईले माथि दिईएको प्वाँख मध्ये पहिलो प्वाँख तपाईको रोजाई हो यसको अर्थ तपाई निकै शान्त स्वभाव र दयालु व्यक्तित्वको हुनुहुन्छ । तपाई अन्य व्यक्तिहरुलाई साथमा लिएर अगाडी बढ्ने कुरामा विश्वास राख्नुहुन्छ । यहि कारण जति सुकै उग्र किसिमको अवस्थामा पनि सबैको भलोको ख्याल गर्दै जति सकिन्त तपाई शान्तिपूर्वक समाधानको कोशिश गर्नुहुन्छ । तपाई थोरै अन्तर्मुखी स्वभावको भएपनि अन्य व्यक्तिहरुको चाहना र खुसीलाई ध्यानमा राख्दै आफन्तहरु सँग सँधै नजिक भईरहनुहुन्छ ।
२ दोस्रो प्वाँख
यदि तपाईले माथि दिईएको प्वाँख मध्ये दोस्रो प्वाँख तपाईको रोजाई हो भने यसको मतलव तपाई हरेक कुराहरुलाई निकै छिटो बुझ्नुहुन्छ र कुनैपनि कुरा चाँडो सिक्नुपनि हुन्छ । जब कुनै नयाँ कुरा गर्ने अवसर आउँछ तपाई निकै सजिलो सँग त्यसलाई पूर्ण गर्नुहुन्छ । तपाई बुद्धिमानी त हुनुहुन्छ तर कहिले काँही तपाई निकै मुर्खले गर्ने जस्तो काम गर्नुहुन्छ । तपाई आफ्नो निजी जिन्दगी कसैसँग बाँड्न चाहानुहुन्न तर साथीहरुसँग साथ बिताउनु तपाईलाई निकै मन पर्छ । यसरी बस्दा तपाईले आफूतिर केन्द्रित गर्न चाहनुहुन्छ । त्यसैकारण तपाई त्यस्ता कदमहरु चाल्नुहुन्छ जसकारण तिनिहरु तपाईतिर केन्द्रित होस् ।
३ तेस्रो प्वाँख
यदि तपाईले माथि दिईएको प्वाँख मध्ये तेस्रो प्वाँख तपाईको रोजाई हो भने यसको मतलव तपाई आत्मनिर्भर भएर देखाउने स्वभाव तपाईमा हुन्छ । जिवनमा हुने हरेक साना साना कुराहरुमा तपाई अरुसँग निर्भर हुन रुचाउनुहुदैन । तपाई कहिल्यै पनि हार मान्ने गर्नुहुन्न । तपाई असफलता हुँदा निराश हुनुको सट्टा त्यसलाई अगाडी बढ्ने बाटोको रुपमा लिनुहुन्छ । तपाईको अनुसार असफलता मनलाई बलियो र दिमागलाई बुद्धिमान बनाउँदै मानिसम हर प्रकारको परिस्थितिहरुको सामना गर्ने साहस र क्षपता पैदा गर्दछ । तपाईको यो गुण तपाईलाई राम्रो लिडर बनाउनेछ ।
४ चौंथो प्वाख
यदि तपाईले माथि दिईएको प्वाँख मध्ये चौंथो प्वाँख तपाईको रोजाई हो भने यसको मतलव तपाई उच्च चरित्र भएको र रहस्यमय व्यक्तित्व हुनुहुन्छ । तपाई एउटा परफेक्शनिस्ट हो र हरेक कामलाई सबैभन्दा राम्रो सँग गर्न चाहानुहुन्छ । तपाईको व्यक्तित्व यति प्रभावशाली हुन्छ कि अन्य व्यक्तिहरुले चाहेर पनि तपाईलाई नजरअन्दाज गर्न सक्दैनन् । कयौं पटक परफेक्शनिस्टको तपाईको अन्दाज तपाईलाई नै थकाई दिनेछ । त्यसकारण तपाईलाई यो सम्झनु जरुरी छ कि आखिर तपाई मनुस्य हो र हरेक मानिसमा केही कमजोरी अवस्य हुन्छ ।
५ पाँचौं प्वाँख
यदि तपाईले माथि दिईएको प्वाँख मध्ये पाँचौं प्वाँख तपाईको रोजाई हो भने यसको मतलव तपाई निकै रचनात्मक किसिमको व्यक्ति हुनुहुन्छ । तपाईको क्रिएटिभिटि र कल्पना शक्ति भनेको सबैभन्दा राम्रो पक्ष हो । तर तपाईको कमजोरी यो छ कि तपाई आफ्नो क्षमतामा विश्वास गर्नुहुँदैन । यहि कारण तपाई प्रतिभाशाली भएपनि धेरै पटक असफलताको स्वाद चाखिरहनु पर्ने हुनसक्छ ।
Credit : ekantipur.news
