सरकारी त्रुटिका कारण बुधबार बिहान भीभीआर्इपी सुरक्षा ‘कारगेड’ दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यान्मारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो ।
नेपाल प्रहरीले भीभीआर्इपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई मर्मत–सम्भार गरेर सञ्चालन गर्न दिएको सरकारी निर्देशनका कारण प्राविधिक समस्या आएको हो । बुधबार बिहानको दुर्घटना त्यसैको परिणाम भएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
‘बाटो सहज अवस्थामा थियो, मोटरसाइकल चालक पनि धेरै पटक भीभीआर्इपीको ‘मुभमेन्ट’ मा खटिइसकेकाले अनुभवी नै हुन् । तर, खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्यो, यसलाई हामीले दुःखद् मानेका छौं । अन्तिममा दोष प्रहरीलाई नै आउँछ ।’ नेपाल प्रहरीको प्रशासन विभागअन्तर्गतको प्राविधिक निर्देशनालयका एक उच्च अधिकारीले भने ।
उनका अनुसार सरकारलाई यस विषयमा जानकारी गराएर ५० वटा मोटरसाइकल किन्नुपर्ने अनुरोध गरिएको थियो । तर, अर्थ मन्त्रालयले बजेटको अभाव देखाएर मोटरसाइकल खरिद रोकेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
