गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको साउन १५ गते हुने चुनावमा कर्णालीका यूवा पर्यटन व्यवसायी देबिकृष्ण रोकायाले बासुदेव पाण्डेको प्यानलबाट सदस्य पदमा उम्मेद्धारी दिने भएका छन् ।
कर्णाली प्रदेशको पर्यटन अभियान्ताको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेका रोकायाले कर्णाली प्रदेशका साथै ७ नम्बर प्रदेशको समेत प्रतिनिधित्व गरिरहेका छन् । रारा एडभेन्चर प्रालिका प्रवन्ध निदेशक रोकाया कर्णाली तथा सेती–महाकाली क्षेत्रका पर्यटकिय गन्तव्य र गाउँहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन तथा दुबै प्रदेशमा भिटोफ नेपालको संगठन विस्तार गर्नका लागी आफुले सदस्य पदमा उम्मेद्धारी दिएको रारा न्युजलाई जानकारी दिएका छन् । रोकायाले आफुले समग्र पश्चिम नेपालको प्रतिनिधित्व गरेर उम्मेद्वारी दिएकोले भिटोफ नेपालका सम्पुर्ण मतदाताहरुलाई आफुलाई मतादान गरि विजयी गराई दिनहुन समेत अनुरोध गरेका छन् ।
मुगु जिल्लाको रारामा जन्मिएका रोकाया विगत लामो समय देखि कर्णाली र पश्चिम क्षेत्रको पर्यटन विकासमा लागिपरेका एक पर्यटन अभियान्ता हुन् ।
रारा बचाऊ अभियानका समेत अभियानता रोकाया हाल रारा पर्यटन विकास समितिका अध्यक्ष र नेपाल पर्यटन व्यवसायी संगठन कर्णाली प्रदेशका संयोजक समेत रहेका छन् । सानै उमेरदेखि नयाँकुरा जान्न चाहाने रोकाया रारा मुर्मा होमस्टेका संचालक पनि हुन । जम्मा २४ वर्ष टेकेका रोकाया भिटोफ नेपालमा उम्मेद्धारी दिने सबैभन्दा कान्छा उम्मेद्धार समेत बन्न पुगेका छन् ।
Credit : raranews.com
