सदरमुकाम गौरमा एक महिला बोक्सीको आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । गौर नगरपालिका– ३ बस्ने रामसुन्दर रामकी ३० वर्षीया पत्नी गीतादेवी रामलाई बोक्सीको आरोप लगाउँदै उनका जेठाजु–जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटबाट गम्भीर घाइते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
