बेल्जियमले तेस्रो स्थानमा इंग्ल्यान्ड चौथो स्थानमा

बेल्जियमले विश्वकप २०१८ को  तेस्रो स्थान सुनिश्चित गरेको हो। तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो। शनिबार राति भएको खेलमा बेल्जियमसँग २-० गोल अन्तरले पराजित हुँदै इंल्यान्ड भने

विश्वकप २०१८ को चौथो स्थानमा रह्यो।  बेल्जियमलाई जीत दिलाउनका लागि खेलको चौथो मिनेटमा थोमस म्युनिएरले र ८२ औँ मिनेटमा इडेन हाजार्डले गोल गरेका थिए। इंग्ल्यान्डले भने केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन र विश्वकपको

अन्तिम खेलमा गोलरहित पराजित बन्न पुग्यो।  यो विश्वकपमा बेल्जियमले इंग्ल्यान्डलाई दुईपटक पराजित गरेको थियो। बेल्जियमले समूह जी को खेलमा इंल्यान्डलाई १-० ले पराजित गरेको थियो। हाजार्ड खेलको म्यान अफ द म्याच बनेका थिए। सेमिफाइनलमा बेल्जियम

फ्रान्स र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएका थिए। विश्वकप फाइनलमा भने फ्रान्स र क्रोएसिया पुगेका छन्। विश्वकप फाइनलको खेल आइतबार हुनेछ। नेपाली समय अनुसार विश्वकप फाइनल आइतबार राति पौने ९ बजे सुरु हुनेछ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.