बेड छैन भनेर फर्काइएकी महिलाले सडकमै बच्चा जन्माइन्

८ वैशाख दैलेख डाँडापराजुल घर भएकी सिर्जना विकले शनिबार विहान करिब ६ बजे वीरेन्द्रनगर–६, बुद्धपथ नजिकै रहेको देउराली होटल बाहिरै बच्चा जन्माएकी छिन् । उनले सुविधा सम्पन्न वीरेन्द्रनगर बजारमा कम्बलको सहारामा बच्चा जन्माएकी थिइन् ।

तीन दिनअघि क्षेत्रीय अस्पताल कालागाँउमा बच्चा जन्माउनका लागि आएकी विकलाई अस्पतालले बेड नभएको बताउँदै फिर्ता पठाएको थियो । आर्थिक अवस्था नाजुक रहेकाहरुका लागि सरकारी अस्पतालले सेवा दिनुपर्नेमा उल्टै सेवाग्राहीहरुलाई होटलको बास बनाउने अस्पताल प्रशासनको गैरजिम्मेवारी पनका कारण सुत्केरी महिलाको ज्यान समेत जोखिममा पर्यो ।

होटलमा बसिरहेकी विकलाई एक्कासी व्यथा लाग्दा अस्पताल लैजान खोज्दा–खोज्दै देउराली होटलको बाहिरै बच्चा जन्मिएको हो । बच्चा जन्मिसकेपछि प्राथमिक उपचारका लागि देउती अस्पतालबाट नर्सहरु आएका थिए ।

उनीसँग एम्बुलेन्समा जाने पैसा नभएपछि नेपाल चेम्बर अफ कमर्स सुर्खेतका कोषाध्यक्ष हेमा उपाध्यायले आर्थिक सहयोग गरेर क्षेत्रीय अस्पताल कालागाउँ पठाएकी थिइन् । यसरी राजधानीमै सडकमा बच्चा जन्माउनु पर्ने कर्णालीमा अन्यत्रको अवस्था के होेला, अनुमान लगाउन गाह्रो छैन ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.