बलिउड नायिका ऐश्वर्याको पहिरनले फेरि मच्चायो हंगामा

बलिउड नायिका ऐश्वर्या रायको पहिरनले फेरि हंगाकाे महाेल बनाएकाे थियाे। बलिउड नायिका ऐश्वर्या रायको चर्चा अहिले चलचित्र नगरीमा त पहिलेको जस्तो हुँदैन । तर, हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’मा उनको पहिरनले चर्चा र आलोचना दुबै पाउने गरेको छ । यो बर्ष पनि ऐश्वर्या यो फिल्म महोत्सवमा सहभागी भइन् ।

उनले महोत्सवको पहिलो दिन रेड कार्पेटमा मनिष अरोराको ‘अफ सोल्डर ड्रेस’ लगाएकी थिइन् भने त्यही दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ लगाएकी थिइन् ।

यो पहिरनमा ऐश्वर्या निकै आकर्षक देखिएकी थिइन् भने उनको स्टाइलले पनि सबैको ध्यान खिचेको थियो । यसपटक पनि उनले आफ्नो स्टाइल, मेकअप र बोल्ड पहिरनका कारण चर्चा पाएकी छिन् । ऐश्वर्यको साथमा उनकी छोरी पनि महोत्सवमा पुगेकी थिइन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.