बज्राचार्यको ‘मनमगन’ बजारमा

दुई दशकअघि पपगायन र संगीत मार्फत नेपाली सांगीतिक आकाशमा उदाएका  गायक दिपक बज्राचार्यको नयाँ गीत मनमगन बजारमा आएको छ।  नेपाली नयाँ बर्षमा सार्बजनिक गरिएको गीतले करिब २ हप्ताको  समयमा युवापुस्ताको आत्यधिक मन जित्न सफल भएको छ।

रिक्की शाक्य संगको शब्द र संगीतको  सहकार्यमा बनेको गीत मनमगनलाई दिपककै संगीत समूह रिदम ब्याण्डले एरेञ्ज गरेको हो।   गीतले देशभरी हुने विभिन्न जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाचलाई स्थान दिएकाे छ। जसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ।

दिपकले त्यसैलाई मनन गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरे, जसमा नेपालको परम्परागत बाजाको ताल र धुन समेटिएको छ। गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिएका छन्। झण्डै १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा

आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन्। ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको

घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच लगायतलाई मनमगनको म्युजिक भिडियोमा समेटिएको छ।  भिडियो लाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् जसमा अनिल मानन्धरको छयांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.