राष्ट्रिय जनता पार्टी नेपाल औपचारिक रुपमा विभाजन भएको छ । विभिन्न मधेसवादी पार्टी मिलेर नयाँ पार्टी गठन भए लगत्तै विवाद सुरु भएको राजपा अन्ततः विभाजन भएको हो ।
शुक्रबार उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) को घोषणा छ । यादवसहित ३३ जना केन्द्रीय सदसस्यहरुले राजपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् ।
संविधान संशोधनमा कुनै भूमिका नखेलेको, मधेस अान्दोलनमा निर्दोष जनताको ज्यान गुमाउँदा अध्यक्षमण्डलले व्यक्तिगत रुपमा फाइदा उठाएको भन्दै नयाँ पार्टी गठन गर्नु परेको घोषणा सभामा नेताहरुले बताए ।
पार्टीको महाधिवेशन गरेर समग्र कार्यविभाजन गर्ने बताउँदै यदवले तत्काल तदर्थ समिति बनाएर पार्टी संचालन गर्ने जानकारी दिइएको थियो । जसको संयोजकमा अशोककुमार यादव, सह-संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा रहेका छन् ।
यस्तै प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।
सह-संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको बताउँदै राजपाका अध्यक्ष मण्डलहरुले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको समेत अारोप लगाए । उनिहरुबाट राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएको उनको बताए ।
Credit : onlinepana.com
