प्रेस चौतारी र सेन्टर मिलेर बन्ने भयो ‘प्रेस संगठन नेपाल

तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन नेपाल बन्ने भएको छ । संगठन एकता कार्यदलको मंगलबार काठमाडौंमा बसेको बैठकले संगठनको नाम र केन्द्रीय सदस्यहरुको संख्या लगायतका विषयको टुंगो लगाएको हो । कार्यदलका एक सदस्यका अनुसार पुराना

दुवै संगठनको नामको समेत प्रतिनिधित्व हुनेगरि प्रेस संगठन नाम जुराईएको हो । प्रेस संगठनमा २ सय २५ केन्द्रीय सदस्य रहने तय भएको छ । प्रदेशहरुमा भने १ सय २५ सदस्यीय प्रदेश समिति बन्ने छ ।  तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि

देशभरका तल्ला संगठन र जनबर्गिाय संगठनको एकताको प्रकृया चलिरहेको छ । सोही क्रममा पत्रकारहरुको संगठनको एकताका लागि गठित कार्यदलले अबको एक साताभित्र एकतासँग सम्बन्धित सवै विषयको टुंगो लगाएर बुझाउने कार्यदलका एक सदस्यले जानकारी दिए ।

प्रेस संगठनको नेतृत्वको भने टुंगो लागिसकेको छैन । संगठन एकता कार्यदल र पार्टी नेतृत्वसँगको समेत समन्वयमा संगठनको नेतृत्वबारे टुंगो लगाउने तयारी छ । केन्द्रीय सदस्यको एक तिहाई संख्यामा सचिवालय बनाउने, कार्यसंचालनको सहजताका लागि कार्यालय टिम

बनाउने, अध्यक्ष र महासचिव राख्ने तर अन्य पदाधिकारी नराख्ने कार्यदलले सिफारिस गरेको छ ।  हाल प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत,महासचिवमा राजेश राई तथा प्रेस सेन्टरको अध्यक्षमा महेश्वर दाहाल र महासचिवमा विष्णु सापकोटा रहेका छन् ।

 

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.