प्रतिपक्षी भूमिकामा समेत ‘कमजोर’ नेपाली कांग्रेस !

 

सरकारका कामकारबाहीलाई सन्तुलनमा राख्न संसदमा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा ‘खारिएको’ नेपाली कांग्रेस यो भूमिकामा समेत ‘खरो’ उत्रिन नसकेको भन्दै पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ ।

मुलुकमा अहिले दुईतिहार्इ बहुमत प्राप्त ‘वामपन्थी’ सरकार छ । चुनावअघि ‘कम्युनिस्टले जिते अधिनायकवाद आउँछ’ भन्ने नारा लगाएको कांग्रेस अहिले पनि त्यसकै वरिपरि मात्रै घुमिरहेको छ । कांग्रेसले ‘अधिनायकवाद आउँछ’ भन्दैमा मानिसले पत्याउने स्थिति नरहेको राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक कृष्ण खनाल बताउँछन् ।

‘प्रतिपक्षीका रूपमा कांग्रेसले आफ्नो इस्यु (मुद्दा) नै पहिचान गर्न सकेजस्तो देखिँदैन । सरकारको विरोध गर्नुपर्छ भन्ने सनातनी परम्परा मात्रै धान्दै छ,’ उनले भने– ‘कांग्रेसले संसदभित्रको परिवर्तनलाई आत्मसात् गरेर भूमिका खेल्न सकेको छैन ।!

संसद् सञ्चालन भएको करिव पाँच महिनाको अवधिमा कांग्रेस धेरै ठाउँमा चुकेको छ । विरोध जनाउने तर त्यसको औचित्य सावित गर्न नसकेको यथार्थतालाई सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेसले देखाएको भूमिकाले समेत पुष्टि गर्छ । विरोध गरेर संशोधन प्रस्ताव हालेको कांग्रेसको ‘मौन समर्थन’ मै नीति तथा कार्यक्रम पारित भएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.