प्रचण्ड र ओलीबीच आज पनि वान टु वान वार्ता हुँदै : जुट्ला सहमति ?

हिजाे एकताको लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा के भयाे भन्ने सार्वजनिक गरिएकाे छैन् ।

विहान १० बजेबाट सुरु भएको वार्ता दुई घण्टासम्म चलेको थियो । पार्टी एकतामा देखिएका विवादित विषयबारे छलफल गरेर एकता संयोजन समिति बैठक बोलाउने तयारीको लागि दुई नेताबीच वार्ता भएको थियो । तर, कुनै सहमति नभएपछि छलफल विना निष्कर्ष टुंगिएको हो ।

बैठकमा कुनै उल्लेखनीय प्रगति नभएको भएको र अाज फेरि बैठक बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

एकीकृत पार्टीको प्रस्तावनामा जनयुद्ध लेख्ने, चुनाव चिह्न तथा संगठनमा सहभागी संख्याको विषयमा आएर एमाले-माकेबीच एकता रोकिएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.