विगत चार वर्षदेखि अवैधरुपमा तस्कारी भइरहेको ३८ सय केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व डिआइजीसहित २८ जना जेल चालन भएका छन्।
मोरङ जिल्ला अदालतका न्यायायाधीश नारायणप्रसाद शर्माको इजलासलेउनीहरुलाई पुर्पक्षका लागि जेल चलान भएको आदेश दिइएको हो। पछि पक्राउ परेका दुर्इ जनालार्इ भने अदालतले धरौटी तथा साधारण तारेखमा रिहा गरेको छ।
पक्राउ परेकामध्ये प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार तथा हवल्दार अमरबहादुर थापालाई साधारण तारेखमा रिहा गरेको मोरङ जिल्ला अदालतले जनाएको छ।
यस प्रकणको सत्यथत्य छानविनका लागि गृह मन्त्रालयद्धारा गठित छानविन समितिले छानविन गरी मुख्य नाइके गोरेलार्इ मुख्य अभियुक्त बनार्इ प्रतिवेदन मोरङ प्रहरीलार्इ बुझाएपछि प्रहरी गोरे लगायतका ६३ जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यलाय मारङले जिल्ला अदालत मोरङ मा कसुर अनुसार सार्वजनिक अपराधदेखि कर्तब्य ज्यानसम्मको मुद्दा दर्ता गरेको थियो। सोही प्रकरणको थप अनुसन्धान गर्न अभियुक्तहरुलार्इ पुर्पक्षको लागि जेल चालन गरिएको प्रहरीले जनाएको छ।
जेल चलान हुनेमा ६ जना पूर्व प्रहरी अधिकारी छन्।
पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेल रहेका छन्।
त्यस्तै, तस्करीमा संलग्नहरु एलबी भनिने लालबहादुर मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, समीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, तुलाराम थारु, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, राजन कुमार पनि जेल चलान भएका छन्।
Credit : onlinepana.com
