पूर्वराजदूतको हत्या : आफ्नै भान्साको चक्कु प्रयोग…

 

राजधानीस्थित आफ्नै निवासमा सुतिरहेका बेला आइतबार राति वा सोमबार बिहानै भएको पूर्वराजदूत केशव झाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

झाको घरमा सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु तामाङ र दुई जना मालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएको हो । मालीहरुको नाम भने खुलाइएको छैन । नियन्त्रणमा लिइएका तीन जनासँग दिनभरि सोधपुछ गर्दा पनि परिणाम ननिस्केपछि तराईमा क्रियाशील भूमिगत गिरोहको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अझै पनि अनुसन्धानको केन्द्रमा भने नियन्त्रणमा रहेकै तीनजना व्यक्ति नै छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने– ‘शंका धेरैतिरबाट भए पनि थ्रेटको जानकारी परिवारका सदस्यलाई समेत नभएकाले अनुसन्धान चिरपरिचित व्यक्तिमै केन्द्रित छ ।’

‘भान्साकै चक्कु प्रयोग गरी हत्या गरिनु र चक्कु त्यहीं छोडिनुजस्ता विषयलाई हेर्ने हो भने हत्या गर्ने व्यक्ति वा समूह टाढा छैन भन्ने हाम्रो अनुमान हो’– महाशाखा प्रमुख सिंहले भनेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.