पूर्वअर्थमन्त्री डा. महतले भने- वृद्धभत्ता बारे कम्युनिष्टहरुले भर्खर कुरा बुझे

अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेट सपनाहरुको खेती भएको कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतले टिप्पणी गरेका छन् ।

पूर्वअर्थमन्त्री महतले भने, ‘बजेटमा धेरै सपनाहरु बाँडिएको छ, त्यसलाई कार्यान्वयन गरिन्छ भन्ने प्रष्ट नखुलाइएकाले, कार्यान्वयनमा शंका छ ।’

तर, विगतमा वृद्धभत्ता लगायतका नाममा देशलाई दीर्घकालीन आर्थिक भार पर्ने अनुत्पादक लगानीमा जोड दिने कम्युनिष्टहरुले बल्ल कुरा बुझेको महतले बताए ।

‘मैले पहिलेदेखि नै कुनैपनि बहानामा नगद बाँड्ने कुरा ठीक होइन भन्दै आएको थिएँ । तर बामपन्थी साथीहरु सत्तामा पुग्नेवित्तिकै वृद्धभत्ता लगायत बढाएको बढायै गर्नुहुन्थ्यो,’ महतले भने, ‘उहाँहरुले अहिले रियलाइज गर्नुभएको छ । यो सुखद पक्ष हो ।’

तर, अझैपनि कतिपय कार्यक्रमहरु वितरणमूखी भएको भन्दै महतले टिप्पणी गरे ।खतिवडाको बजेटमा नयाँभन्दा पुराना धेरै कुराहरु दोहोरिएको उनको भनाइ थियो । शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गर्न नहुने महतको भनाइ थियो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.