नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बिहीबार पार्टी एकताका लागि कार्यसूची तय गरेका छन् ।लामो समयको कसरतपछि छलफल गर्न बाँकी रहेका विषयहरु टुंग्याएर बिहीबार पार्टी एकता गर्न लागिएको हो ।
बिहीबार मदन भण्डारी स्मृति दिवस पारेर पार्टी एकताको घोषणा गर्ने र बिहीबार नै नयाँ एकिकृत पार्टी निर्वाचन आयोगमा दर्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पार्टी एकता कार्यक्रमका लागि यस्तो छ बिहीबारको कार्यसूची :
१. विहान ८ बजे मदन स्मृति दिवस मनाउने ।
२. १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने ।
३. ११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने ।
४. १ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने ।
५. २ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने ।
६. ४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने ।
Credit : onlinepana.com
