बबई नदिमा ढुबेर बर्दियामा एक युवाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका ३ बगनाह बस्ने २३ बर्षिय केशव खत्रीको मृत्यु भएको हो ।नदिमा पौडि खेल्ने क्रममा पानिमा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएको एक घण्टा पछि फेला परेका खत्री नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार गराउँदै गर्दा पौने एक बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समयमा बर्दियामा गर्मिबढे सँगै नदिमा पौडी खेल्ने क्रम बढ्दै गएको छ ।
Credit : onlinepana.com
