पहिरोबाट ८ जनाको मृत्यु भएको घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुख व्यक्त

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा पहिरोमा परी एकैघरका ४ सहित ८ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएको घटनाप्रति बिज्ञप्ती निकाले र दुःख व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री शाहीले प्राकृतिक विपद्मा परी निधन भएका सबै मृतकप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनी गरिएको छ ।

मुख्यमन्त्री शाहीले पहिरोमा बेपत्ता भएका नागरिकको खोजविनलाई तीब्र बनाउन, उद्दार तथा पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउन समेत सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन । प्रदेश सरकारको तर्फबाट तात्कालिक राहतको लागि प्रतिमृतक परिवारलाई २५ हजार रुपैयाँ, खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउने समेत बताएका छन ।

पहिरोको समस्या समाधान तथा पुनर्वासको व्यवस्थाका लागि घटनास्थल जाजरकोटमा प्राविधिक जाँचसहित सुझाव पेश गर्न प्राविधिक टोली पनि राहत टोलीसँगै पठाइएको बताएका छन । जोखिमयुक्त क्षेत्रमा बसोबास गरेका सबै नागरिकलाई उच्च सुरक्षा सतर्कता अपनाउन, सम्भव रहेसम्म सुरक्षित ठाउँमा बसाई सर्न समेत मुख्यमन्त्री शाहीले अनुरोध गरेका हुन ।

विपद्का घटना हुने बित्तिकै नजिकको प्रहरी कार्यालय वा प्रदेश सरकारको हटलाइन नम्बर १०९६ मा सम्पर्क गर्न पनि मुख्यमन्त्री शाहीले सबै नागरिकहरुलाई आग्रह गरेका छन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.