समालेर रोखेको पशुपती, राजु, देबि र सुष्मिताको लौरी छाता कसरी हरायो…(लौ हेर्नोस त भिडियोमा) नेपाली लाेक सगितमा मौलिकता हराउदै गएको र अश्लिलताले राज गरिरहेको हाम्रो लोक संगीत दुनियामा आज भोलि मौलिक गीतहरु प्राय हराइसकेका छन् ।
युट्युबमा भ्यु कमाउने लोभले कलाकर्मीहरुले आफ्नो धरातल बिर्सिरहेको यो जटिल अबस्थामा नेपाली लोक संगीतको दुनियामा छुट्टै पहिचान बनाइरहेकी गायिका देवी घर्तिको अत्यन्त मौलिक पाराको तीज गीति भिडियो लौरी हरायो भर्खरै सार्बजनिक भएको छ । टिपिकल शब्द र लयमा सजिएको यो गीतले पक्कै पनि नेपाली दर्शक तथा श्रोताको मन जित्नेछ ।
लोकप्रीय सर्जक, गायक पशुपति शर्मा को लय शब्द तथा संगीत रहेको यस गीतमा स्वर भने गायक राजु ढकाल , पशुपति शर्मा र गायिका देवी घर्ति अनि सुष्मिता घर्तीले दिनुभएको छ ! यो गेटको लय शब्द मात्र होइन भिडियो पनि अतिनै मौलिकताले भरिपूर्ण छ ।
अझ रोमान्चक कुरा के रहेको छ भने यस गीतमा गायक पशुपति शर्मा, राजु ढकाल र स्वयम् देवी घर्तीले अत्यन्त उत्कृष्ट अभिनय गर्नुभएको छ ! दुर्गा पौडेलले निर्देशन र छायांकन गरेको यो गीतको भिडियोलाई नबिन घर्तीले सम्पादन गरेका छन् ।
Credit : onlinepana.com
