पशुपतिनाथ सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल असर ४ गते सोमबार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशीश्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल आषाढ४गते सोमबार नेपाल सम्बत ११३८ तछलाथ्व,सन् २०१८ जून१८ तारिक शुद्ध जेष्ठ शुक्लपक्ष पञ्चमीतिथि अपरान्ह २वजेर २ मिनेटसम्म,अश्लेषानक्षत्र प्रातः९ वजेर ३३मिनेटसम्म,हर्षणयोग,बालवकरण,आनन्दादियोग सौम्य,सूर्य मिथुनराशीमा,चन्द्रमा प्रातः९ वजेर ३३ मिनेटसम्मकर्कट उप्रान्त सिंह राशीमा ।

ॐः–राहुकालः–प्रातः६÷५२वजेबाट८÷३७वजेसम्म रहनेछ,यमघण्टायोगः–प्रातः१०÷२१ वजेबाट दिवा १२÷५ वजेसम्म रहनेछ, दूरमुहूर्तः– दिवा१२÷३३ वजेबाट १÷२८ वजेसम्म र ३÷१९ वजेबाट ४÷१५ मिनेटसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३७ वजेबाट मध्यान्ह १२÷३३वजेसम्म रहनेछ,गुली कालः–दिवा१÷४९ वजेबाट ३÷३३वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।

ॐः–सूर्योदयबाट प्रातः ६÷५३ वजेसम्म अमृतवेला,६÷५३ वजेदेखि ८÷३७वजेसम्म कालवेला,८÷३७ देखि १०÷२१ वजेसम्म शुभवेला,१०÷२१ देखि १२÷४ वजेसम्म रोग वेला,१२÷४ देखि १÷४८ वजेसम्म उद्वेगवेला,१÷४८ देखि ३÷३२ वजेसम्म चरवेला,३÷३२ देखि ५÷१६ वजेसम्म लाभवेलार ५÷१६ वजे देखि सूर्यास्तसम्म अमृतवेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ८÷१७ वजेसम्म चरवेला,८÷१७ वजेदेखि ९÷३३ वजेसम्म रोग वेला,९÷३३ देखि १०÷४९वजेसम्म कालवेला,१०÷४९ देखि १२÷५ वजेसम्म लाभ वेला,१२÷५ देखि १÷२१ वजेसम्म उद्वेगवेला,१÷२१ देखि २÷३७वजेसम्म शुभवेला,२÷३७ वजे देखि ३÷५३ वजेसम्म अमृत र ३÷५३वजे देखि सूर्योदयसम्म चरवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

धैर्यता टुट्न सक्छ । स्वागत सत्कारमा धन खर्च हुनेछ । काम गरेर जश कम मिल्नेछ । मनमा शान्ति मिल्ने छैन । गर्ने खोजेका कममा विभिन्न खालका समस्या आउने छन् । भौतिक चिन्तान बढि हुनेछ ।

बृष

समयको गति सगै अनुकुलता घट्नेछ । खटाई बढि हुनेछ । सहयोगी मन कमै भेटिने छन् । इच्छा आकाँक्षा बढि तथा परिपूर्ति कम हुनेछ । व्यापारबाट आय आर्जन घट्नेछ । काम भन्दा यश आराममा मन जानेछ ।

मिथुन

प्रात काल भन्दा मध्यान्ह काल पछिको समय बढि अनुकुल हुनेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् । लगानीमा ध्यान दिनुहोला । आस्था र विश्वास बढ्नेछ । आर्जन बढ्नेछ ।

कर्कट

कार्य लगनशिलता घट्न सक्छ । भावनामा वगेर काम नगर्नु होला । साझेदारी काममा लगानी नबढाउनु होला । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । स्वतन्त्र व्यापार फलदायी देखिन्छ ।

सिंह

विहानको समय प्रतिकुल नै देखिन्छ । अनावस्यक क्षेत्रमा धन खर्च हुनसक्छ सचेत रहनु होला । मध्यान्ह पछि समयले साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढ्नेछ । आत्म विश्वास बढ्नेछ ।

कन्या

दिन प्रतिकुल बन्दै छ । आएको अवसर गुम्न सक्छ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । विश्वास र भरोसा टुट्नेछ । व्यापार व्यवसायमा समस्या देखिने छन् । खर्चमा वृद्धि हुनेछ ।

तुला

समयले थोरै साथ दिदाचुनौतिको सामना गर्न सक्नु हुनेछ । काम गर्न सके दाम र नाम दुर्व आर्जन हुनेछ । व्यवसायिक क्षेत्रबाट सोचे जस्तो लाभ भने नहुन सक्छ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।

बृश्चिक

प्रातःकाल कमजोर देखिन्छ । मध्यान्ह पछि भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ ।

धनु

हैसियत गुम्न सक्छ होशियार रहनु होला । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा लगानी बढ्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापारमा मन्दि आउनेछ ।

मकर

कुनै काम गर्नु छ भने प्रातःकालमा गर्नु होला । मध्यान्ह पछि समयले कम साथ दिनेछ । लोभ मोह बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै गिरावट आउनेछ । आहार विहार मिलाउनु होला स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ

मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउने छ । आर्थिक उन्नति होला ।

मीन

चुनौति धेरै हुनेछन् धैर्यता नगुमाउनु होला । काममा आलटाल गर्दा पछि परिने छ । पठन पाठन कार्यमा आफुले सोचे जस्तो सफलता मिल्ने छैन । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । सामान्य लाभ होला ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.