नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओलीले आफ्ना प्रवक्ता एवं सञ्चार राज्यमन्त्रीमार्फत बराबरीमा एकता हुनै नसक्ने सन्देश दिएपछि माओवादी अध्यक्ष प्रचण्डले ओलीकै शैलीमा एमालेलाई कडा जवाफ दिएका छन्।

प्रचण्डले नेता देवेन्द्र पौडेलमार्फत माओवादी खतरा मोल्ने पार्टी भएको र युद्धमा सेनालाई समेत जितिसकेको एमालेसँग नडराउने भन्दै सचेत गराएका हुन्।

माउन्टेन टेलिभिजनको खरो प्रश्न कार्यक्रममा बोल्दै नेता पौडेलले प्रचण्डको व्यक्तित्वलाई नजरअन्दाज गरेर पार्टी एकिकरण गरियो भने त्यो कुरा सहज हुँदैन भन्ने एमालेले बुझ्नु जरुरी भएको बताए।

साथै थुप्रै हण्डर र प्रतिकुलताका वावाजुद पनि पार्टीलाई एउटा प्रणालीमा टिकाएर ल्याउने काम जसरी एमाले वृतका साथीहरुले गरे र विधी र प्रणालीमा टिकाए र माओवादीको लहर चल्दा पनि एमाले पार्टी टिक्यो, त्यो माओवादीले बुझ्नुपर्नेमा उनले जोड दिए।

पौडेलले अगाडि भने, ‘माओवादी पार्टी खतरा मोल्ने पार्टी हो। पृथ्वीनारायण शाहको पालादेखि जग बसेर आएको नेपाली सेनासँग त खतरा मोलेर लडाईमा भाग लियौं,गणतन्त्रको अपिल गर्यौ भने त्यो भन्दा एमालेसँगको एकता आरामदायी छ,किन डराउने ?’

उनले एकीकृत पार्टीको सहअध्यक्ष भएपनि कार्यकारी अधिकार प्रचण्डले लिएर पार्टी चलाउनुपर्ने भन्दै दुई बर्षपछि एकिकृत पार्टीको महाअधिवेशन गरिन सक्ने बताए। महाअधिवेशनले गर्ने निर्णय स्विकार गर्ने र पाँच बर्षसम्म स्थायी सरकारमा तलमाथि नहुने पौडेलको भनाई छ।



Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.