नेपाली चलचित्रमा एकछत्र राज गरेकी सुन्दरी नायिका प्रियंका कार्कीले मारिन् बलिउडमा छलाङ

पछिल्लो पुस्ताकी सर्वाधिक ब्यस्त नायिका हुन् प्रियंका कार्की । निडर पना, प्रस्ट बोल्न सक्ने शैली सुन्दरता र जीवन्त अभिनयका कारण ठूला ब्इानरको रोजाइमा परेर पछिल्लो समय एकछत्र नेपाली चलचित्रमा राज गरिरहेकी नायिका कार्कीले भारतको बहुचर्चित कम्पनी ब्रिटानियाको नेपाल दुत भएकी छन् ।

प्रियंका शो कम्पनीले उत्पादन गरेको गुड डे बिस्कुटमा समेत नेपालका लागि टिभिसी एडमा देखिने बताइएको छ । स्रोतका अनुसार ‘भारतबाट आएको ब्रिटानिया कम्पनीसँग दुई साता अगाडी सम्झौता भएको हो’, प्रियंकाले खुसीको खबर सुनाइन्, ‘अब यही बुधबार र बिहिबार टिभिसी सुट हुन्छ ।’

कुनै पनि नेपाली कलाकारले भारतको प्रोडक्टमा काम गर्न पाउनु सबै नेपाली कलाकारको लागि खुसीको खबर रहेको प्रियंकाले हर्षित मुद्रामा जानकारी दिइन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.