नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्विलिङ्गी महिला, द्विलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् ।
२०६४ यता १ सय ७० जनाले मात्रै ‘अन्य’ समूह अन्तर्गत नागरिकता पाएको निलहीरा समाजको तथ्यांकमा उल्लेख छ । गत संघीय निर्वाचनमा १ सय ६७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकको मतदाता नामावलीमा नाम सूचीकृत गरिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
