नेपालमा कहिलेदेखि आउँछ पाइपबाट पेट्रोल–डिजेल ?

बहुप्रतीक्षित मोतिहारी–रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाइप गाड्ने कार्य सुरु भएको छ । मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पाइप गाड्ने कार्यको शिलान्यास गरे ।

फागुन २३ देखि आयोजनाले पाइपको वेल्डिङ कार्य सुरु गरेको थियो । जीतपुर–सिमरा उपमहानगरपालिका– २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमबार खाडल खन्ने कार्य सुरु गरिएको थियो ।

आयोजना सम्पन्न गर्न छाेटो समयमा भारतीय पक्षले गरेको कामको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले प्रशंसा गरे । पाइपलाइन विस्तार कार्य १५ महिनाभित्र सक्ने लक्ष्य रहेकाे जानकारी नेपाल अायल निगमकाे सिमारास्थित पेट्राेलियम पाइपलाइन अायाेजना कार्यालयका अायाेजनाविज्ञ शरदकुमार पाैडेलले दिएकाे खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.