नेपालको राजनीतिमा युवाको भविष्य

केहिदिन पहिले म र मेरो साथि कैलाश बानेश्वरको एक क्याफेमा बिहानि चिया पिउदै थियौ हामि नजिकै दुई युवाहरु करीब २३/२४ बर्षका हुनुपर्छ टेबलमा चिया अनि हातमा सल्केको चुरोट लिई गफिदै थिय “यो देश गद्दार बुढा नेताले बिगारे “लगत्तै अर्को युवाले थपे “यि बुढालाई लखेटेर युवाले नेतृत्व लिनुपर्ने “यस्तै बोल्दै गर्दा उनिहरु लगभग १५ मिनेटको बसाई पछि त्यहाबाट बाहिर निस्कन भ्याए ।

पसले दाजु हाम्रो चिनजानको हुनुहुन्थ्यो दाईलाई सोध्यौ” यि युवाहरु को हुन ? “दाईले भन्नुभयो अस्ट्रेलिया जानेरे भर्खर बिबिए सकेर IELTS पढन आएका विद्यार्थी हुन यहि पल्लो ईन्ष्टिच्युटमा पढछन ।

म यो वृतांत सुनाउदै गर्दा के भन्न चाहन्छु भने नेतृत्व मागेर कराएर ,खण्डन र चिन्ता व्यक्त गर्दैमा नेतृत्व पाईदैन, खोसेर लिनुपर्छ चाहे त्यो शस्त्र बलबाट होस,चाहे त्यो शास्त्र बलबाट ।आज म र हामिजस्ता युवाहरुलाई झकझकाउन चाहन्छु जब सम्म हामि युवाहरु गैर जिम्मेवार र गैर जवाफदेहि हुन्छौ तबसम्म परीवर्तन र समृद्धिको आशा गर्नु आकाशको फल आखा तरि मरे भने जस्तै हो ।

शारिरीक र मानसिक रुपले बुढो भनौ या असक्षम व्याक्ति लाई नेतृत्व सुम्पिएर हामि सक्षम युवाहरु जापान, कोरीया, अस्ट्रेलिया र खाडि मुलुकमा रगत र पसिना सुकाएर मोलमोलाई गरी पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र लाई आन्तरिक रुपले खोक्रो पार्ने कि? असक्षम नेतृत्व लाई हवाला दिदै स्वदेशमै संघर्ष गर्दै राजनैतिक नेतृत्व वा सामाजिक जुन सुकै क्षेत्रबाट आफ्नो सिप र दक्षता र प्रकृतिक स्रोत साधनको को सदुपयोग गर्दै समाजमा परीवर्तन ल्याउन भुमिका खेल्ने कि समस्या र चुनौतिबाट भागेर विदेश भासिने?

कुनै पनि देशको आधार त्यस देशको युवापिढि हुन । जसरी एउटा बलियो घरको निम्ति बलियो जगको आवश्यकता हुन्छ त्यसरी नै कुनै पनि राष्ट्रबलियो हुन त्यस देशको युवा पुस्ता शक्तिशाली हुनुपर्छ । जब सम्म हामि युवाहरु एकजुट भएर मुलुकको सिमा रक्षा, राष्ट्रियता, स्वाभिमान, स्वतंत्रता र समृद्धिको लागि प्रतिबद्ध भएर लाग्दैनौ तब सम्म खण्डन र चिन्ता व्यक्त गर्दैमा आमुल परीवर्तनको आश देख्नु दिवा सपना देख्नु जस्तै हो।

हाम्रै प्रवृति कै कारणले आज देशले यो दुर्दशा व्यहोर्नु परेको छ हैन र ? देशको झण्डाको वास्ता नगरी पार्टीको झण्डा शानले फर्फराउने तपाई र मै हैन र ? आफू सक्षम हुँदा हुँदै आफू राजनीतिलाई फोहोरी खेल भन्दै बसेर यी नेताहरुलाई शासन गर्न दिएर देशको यो हालत गराउने को त्यही भोट हाल्ने म अनि स्वस्तिक छाप ठोक्ने तपाइ हैन र ?

त्यसैले अब हामि युवाहरु गैरजिम्मेवार भएर कसैलाई आरोप प्रत्यारोप, वाद र प्रतिवादमा विवाद गरेर त कोहि आफ्नो स्वार्थ हेरी निजि भविष्य बनाउने नाममा विदेश भासिएर स्वदेशको र भावि सन्तति को भविष्यलाई अन्धाकार तर्फ धकेल्दै मोति जस्तो यो हाम्रो मुलुकलाई कोईला बनाउने या यहि देशमा संघर्ष गरी गरीब र किसानको ओठमा लालि, खेत बारीमा हरीयालि अनि प्रत्येकको घरमा हरीयाली ल्याई एक असल नागरीकको परीचय दिने ?

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.