नेदरल्याण्ड र नेपाल संयुक्त विजेता

त्रिकोणात्मक टि–ट्वान्टी प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्स सरिजको संयुक्त विजेता भएका छन्।  बेलायतको लर्डस मैदानमा आइतबारराति भएका खेलमा दुवै टिमले एक एक खेल जितेका थिए। मेरिलिवोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल र नेदरल्याण्ड्सले

पराजित गरेका हुन्। तर नेपाल र नेदरल्याण्ड्सको खेल भने बर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो। त्यसअघिको खेल पनि बर्षातले प्रभावित गरेपछि ६ ओभरमा खेलाइएको थियो। लर्डसमा टस हारि पहिला व्याटिङ शुरु गरेको नेदरल्याण्ड्सले

४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो। १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः सुचारु हुन सकेन्।  नेदरल्याण्ड्सका वेस्ले बेरेसीले ४४ रन बनाउँदा रियान टेन डसस्केचले ३७ रन जोडे। यसैगरी मिचले  रिप्पोन ३८ तथा

स्कट एडवार्ड ३७ रनमा नट आउट रहे। नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक एक विकेट लिएका थिए । एक जना रन आउट भए।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.