नेता तथा कार्यकर्ताहरुले जिल्लामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको खुशियालीमा नव गठित नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले जिल्लामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेका छन् ।

नेकपक (एमाले) चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले दिएको जानकारी अनुसार आज (बिहीबार) साँझ ७ बजे भरतपुरको चौबीसकोठीमा जम्मा भएर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी एकीकरण भएको खुशियालीमा दीप प्रज्ज्वलन गर्न लागिएको रेग्मीले बताउनुभयो । जिल्लाका प्रमुख शहरका चोकचोकमा पनि दीप प्रज्ज्वलन कार्यक्रम रहेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.