नेकपाका ४० नेता–कार्यकर्ता गिरफ्तार, तत्काल रिहा नगरे ‘सशक्त संघर्ष’ मा उत्रने विप्लवको चेतावनी (विज्ञप्तिसहित)

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार राजधानीमा ‘सामान्य’ कार्यक्रम आयोजना गरेको थियो । तर, कार्यक्रम बिथोल्दै राज्यले केन्द्रीय नेतासहित सो पार्टीका दर्जनौं नेता–कार्यकर्ता पक्राउ गरेको छ ।

शनिबार राजधानीमा आयोजित ‘ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम’ माथि प्रहरीले हस्तक्षेप गरी सो पार्टीका वरिष्ठ एवं वयोवृद्ध नेता तथा सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पूर्वराज्यमन्त्री एवं पोलिटब्युरो सदस्य पदम राई, पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’, केन्द्रीय सदस्य मकर गुरुङ, अनेम संघ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय, जनगणतान्त्रिक मञ्चका अध्यक्ष रत्न मगरलगायत ४० जनालाई कार्यक्रमस्थलबाटै गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपालाई राज्यले औपचारिक ढंगबाट प्रतिबन्ध पनि लगाएको छैन । उसलाई सभा–सम्मेलन, भेला–बैठक, प्रशिक्षण र शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न कहीं–कतैबाट रोक पनि लगाइएको छैन । संविधान, ऐन, कानुन, नियम र राज्यका आधारभूत मान्यताले स्वीकार गरेको शान्तिपूर्ण र निःशस्त्र कार्यक्रममाथि प्रहरी हस्तक्षेप गर्दै राज्यले ‘असामान्य’ व्यवहार गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.