नीति तथा कार्यक्रममा जारी छलफल आज सकिने

सरकारले ल्याएको नीति तथा कार्यक्रममा जारी छलफल आज सकिने भएको छ । अस्ति बुधदेखि सुरु भएको छलफलमा हिजोसम्म झण्डै एक सय जना सांसद्ले धारणा राखेका छन् । आज बाँकी सदस्यले धारणा राखेर छलफल सकिनेछ । आज सांसद्हरुले धारणा राख्नेक्रम सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ ।

भोलि शनिबार परेकाले जवाफ भने आइतबार मात्रै दिने संसद सचिवालयले जनाएको छ । यस्तै नीति तथा कार्यक्रममा परेका संशोधन पनि आज नै निर्णयार्थ पेस हुनेछन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम पारितको प्रक्रियामा जानेछ । संसदको बैठब बिहान १० बजे बोलाइएको छ ।

दुबै सदनको संयुक्त बैठकमा पेस भएको नीति तथा कार्यक्रममा हिजोदेखि राष्ट्रियसभामा पनि छलफल सुरु भएको हो । प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नुभएको थियो । राष्ट्रियसभामा पनि आज नै छलफल समापन हुनेछ । दुबै सदनमा प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.