निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागी भन्दै प्रदेश सांसदले मागे ५०/५० लाख

संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै रकम छुट्याउनुपर्ने माग गरेका हुन् ।

बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभामा पेश गरेको विनियोजन विधेयकमाथि छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरुले सरकारले मात्रै सबै क्षेत्रको विकास गर्न नसक्ने भन्दै पहिलो बजेटमा नै निर्वाचन क्षेत्र र सांसद विकास कोषको लागि रकम विनियोजन गर्न माग गरेका हुन् ।

छलफलमा बोल्ने क्रममा कांग्रेसका प्रदेशसभा सदस्य दोबाटे विश्वकर्माले विकास निर्माणका योजनालाई कार्यान्वयन गर्न तत्काल नै ५० लाख दिईनुपर्ने माग गरे ।

माओवादी केन्द्रका आशा कोइरालाले निर्वाचन क्षेत्रको विकास गर्न यसको व्यवस्था गर्नुपर्ने बताईन्। ‘हामी अहिलेसम्म पहुँचवालाहरुले वडामा पनि बजेट लाने र राष्ट्रिय गौरवका आयोजनालाई रकम नछुट्याउने परम्पराबाट गुज्रिरहेका छौँ’ उनले भनिन्, ‘सरकारले सबै क्षेत्रमा ध्यान दिन सक्दैन्, यसकारण समृद्ध प्रदेश निर्माणको लागि सबै क्षेत्रको विकास गर्न निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको व्यवस्था गरिनुपर्छ।’, यो खबर आजको नागरिक दैनिकमा छ

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.