निर्धन संस्थाद्वारा भक्तपुर जिल्लाको छालिङ्गमा साबुन बनाउने तालिम सम्पन्न

काठमाण्डौं नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली, ठेचो, गागलफेदी सहित छालिङ्गका १८ जना विपन्न गरीब महिलाहरुको सहभागितामा २०७५ आषाढ २५ गतेदेखि २६ गतेसम्म भक्तपुर जिल्लाको छालिङ्गमा “साबुन बनाउने तालिम” सम्पन्न गरेको छ ।

उक्त तालिममा प्रशिक्षिकाहरुले गड्यौला मल बनाउने तालिम पनि दिएका थिए । उक्त तालिम सम्पन्न गरेको निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले जानकारी गराएकी थिईन् । यस तालिमका श्रोतब्यक्ति श्रृजना सिक्तिखु, सुस्मित सुनुवार, लक्ष्मी राई, सपना भुलुन रहेका थिए ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट अम्बिका कोइराला, भगवती परियारले तालिमको मूल्याकंन गरेका थिए । यस साबुन बनाउने तालिम फाईदाजनक तालिम रहेको तालिमका सहभागीहरुले बताएका थिए ।

प्रशिक्षिका सपना भुलुन, ग्लोबल पिस फाउण्डेसनका श्रृजना सिक्तिखु, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड छालिङ्ग शाखाका प्रमुख अम्बु खनाल, निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष रत्न कोनाजोले उक्त सत्रमा मन्तब्य दिएका थिए । मन्तब्यका क्रममा यस तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर गर्न वक्ताहरुले सुझाएका थिए ।

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै समापन मन्तब्य दिएकी थिईन् ।

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले वि.सं. २०४७ मा स्थापित यस निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेपश्चात मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक, सामाजिक तथा मानसिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आई रहेको समेत जानकारी गराएकी थिईन् ।

यस तालिममा सहभागीहरुले लुगाधुने साबुन बनाउने तथा झोल साबुन बनाउने, गड्यौला मल उत्पादन गर्ने सीप सिकेका थिए ।
निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजनमा संचालन भएको उक्त तालिमको समापन सत्रको संचालन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठले गरेका थिए ।

वि.सं. २०४७ चैत्र १७ गते स्थापित निर्धन संस्थाले नेपालमा पहिलो पटक सुरुवात गरेको लघुवित्त कार्यक्रम २०७४ चैत्र १ गते पच्चीसौं वर्ष पार गरी छब्बीसौं वर्षमा प्रवेश गरेको छ । निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलार्इँ निर्धन उत्थान लघुवित्त वित्तीय लिमिटेडले निरन्तरता दिंदै आई रहेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.