‘नक्कली बम’ राख्दा विप्लवका ‘सक्कली’ कार्यकर्ता कर्‍याप्प… !

 

हालै पक्राउ परेका पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका पक्राउ परेका सबै नेता–कार्यकर्ता रिहाइको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको देशव्यापी प्रभाव परेको छ ।

बन्दकै सिलसिलामा ‘नक्कली बम राखेर नागरिकलाई झुक्याउने’ तीन जनालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दले बताए ।

ललितपुरका विभिन्न ४ स्थानमा प्रेसर कुकरमा ‘नक्कली बम’ राखेको पाइएको उनले बताए । उनका अनुसार मंगलबार बिहानै ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो । दिउँसो कुपण्डोलमा नक्कली बमका कारण केही बेर स्थानीयवासी त्रसित रहेको उनले बताए ।

उपत्यकामा दिनभर आधाभन्दा कम मात्रै सवारी साधन चले । सबैजसो शिक्षण संस्था बन्द भए । आधाजसो मात्रै उद्योग–कारखाना र बजार–पसल खुले ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.