धनबहादुरलाई राजिनामा गराउने ,बामदेवलाई डोल्पाबाट चुनाव लडाउने अन्तिम तयारी

बामदेश गौतम डोल्पामा निर्वाचन लड्दा के हुन्छ भन्ने हाम्रो जिज्ञासामा नेकपाका डोल्पा नेताहरु बोल्न चाहेन तर डोल्पाका मतदाताहरुमा भने निरासा छाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता बामदेव गौतमलाई डोल्पाबाट चुनाव लडाउने अन्तिम तयारी भइरहेको छ । तत्कालिन एमालेबाट निर्वाचित धनबहादुर बुढालाई राजिनामा गराउने प्रयास जारी छ । धन बहादुर बुढालाई राजिनामा गराएर निर्वाचत क्षेत्र खालि गराउने र उपचुनाव गराएर गौतमलाई चुनाव लडाउने भित्रभित्रै तयारी भइरहेको श्रोतको दाबि छ ।

बर्दियाबाट पराजित भएसँगै गौतमलाई कसरी प्रतिनिधिसभामा भित्र्याउने प्रयास भइरहेको थियो । पार्टी एकता भएपनि त्यो कसतर जारी रह्यो । गौतमलाई सुरक्षित ठाउँ र त्यहाँ जितेका सांसदलाई राजिनामा गराउने दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तयार भएपछि त्यसले झन् फराकिलो स्थान लियो ।

गौतमको लागि सुरक्षित स्थानको खोजिको क्रममा डोल्पालाई छानियो । त्यसको लागि धनबहादुर बुढालाई राजिनामा दिन मनाउने ओली र दाहालबीच सहमति भयो । सुरुमा राजिनामा गर्न बुढा तयार भएनन् । अहिले मन्त्री बनाउने र दुई वर्षपछि राष्ट्रिय सभामा ल्याउने ओली र दाहालले वचन दिएपछि बुढा तयार भएको बताइएको छ ।

सोहीअनुसार बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाईयो । दुई वर्षमा राष्ट्रिय सभामा केही सांसदको समय सकिएसँगै बुढालाई ल्याउने सहमति पनि भएको छ । मन्त्री बुढाले आफू निकटका नेताहरुसँग गौतमको लागि आफु त्याग गर्न तयार भएको बताउँन थालेका छन् ।

डोल्पामा उपचुनाव गराउने कुरा निर्वाचन आयोगसम्म पुगेको छ । आयोगले सरकारको आधिकारिक पत्र आएमा दशैं अगाडि नै उपनिर्वाचन गराउन सक्ने जवाफ पठाएको छ ।

प्रधानमन्त्री ओलीलाई आयोगका पदाधिकारीले २०७४ कै निर्वाचन सामग्री प्रयोग गरी ४५ दिनभित्रै एउटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउन सक्ने विश्वास दिएको बताइएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.