दुखद् खबर ! घरबाट खेल्न निस्केका बालकको खाल्डोमा डुबेर मृत्यु

समाचार

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ मा आज खाल्डोमा जमेको पानीमा डुबेर छ वर्षीय बालक आवेदसिंह गनगाईको मृत्यु भएको छ।

घर नजिकैको खाल्डोमा खेल्न निस्केका उनलाई स्थानीयवासीले खाल्डोमा डुबेको देखेपछि उपचारका लागि झुर्कियास्थित स्वास्थ्य केन्द्रमा पु-याइएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

उनलाई चिकित्सकले मृत घोषित गरेको थियो।