२१ वैशाख– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पदाधिकारी मनोनयन गरेका छन् । महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि देउवाले शुक्रवार उपसभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनयन गरेका हुन् ।
सहमहामन्त्रीमा डा प्रकाशशरण महत नियुक्त भएका छन् । पदाधिकारी मनोनयनप्रति बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर समूह असन्तुष्ट बनेको छ । महाधिवेशन सम्पन्न भएको दुई महिना भित्र गर्नु पर्ने मनोनयन अहिले आएर गर्नु विधान बिपरित रहेको पौडेल समूहले बैठक बहिस्कार गरेको हो ।
पदाधिकारी मनोनित गर्न बोलाइएको केन्द्रीय समिति बैठक नै अवैैधानिक भएको आफूहरुको निश्कर्ष रहेको नेता प्रकाशमान सिहले बताए । शुक्रवार नै बसेको पौडेल समूहको अनौपचारिक बैठकले पार्टी सुधारका लागि देउवा असफल भएको निश्कर्ष निकालेको थियो ।
पदाधिकारी मनोनयनको निर्णयप्रति महामन्त्री डा शशांक कोइराला भने तटस्थ देखिएका छन् । देउवा खेमाकै गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार समेत असन्तुष्ट देखिएका कांग्रेस स्रोतले बतायो ।
Credit : raranews.com
