बिहीबार साँझ पक्राउ परेका मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ ।
मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९डिएसपी० मोहन थापाले जानकारी दिए ।
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मनाङ्गेलाई बिहीबार साँझ काठमाडौंका स्वयंभुबाट नियन्त्रणमा लिएर शुक्रवार अदालतमा उपस्थित गराएको थियो ।यसअघी जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम दुई बर्ष कैद भुक्तान गरिसकेका मानाङ्गे अब तीन बर्ष जेल बस्नेछन् ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङ्गे समुह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्धा दायर गरेको थियो ।
Credit : onlinepana.com
