सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा साइकल पनि रहेको र त्यो पुरानो भएको पनि उल्लेख गरेका छन् ।
तर, मन्त्री पण्डितसँग एभरेष्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ छ । उनीहरूसँग १० तोला सुन र १५ तोला चाँदी छ ।
उनीसँग श्रीमतीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा छ । उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए ।
तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन । सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा छ । उनीसँग विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर छ ।
Credit : onlinepana.com
