त्रिविको गम्भीर लापरबाही : ‘ट्रान्सक्रिप्ट’ लिइसकेको एक वर्षपछि ‘फेल’ !

त्रिभुवन विश्वविद्यालयको गम्भीर लापरबाहीका कारण सयौं विद्यार्थीको भविष्यमाथि खेलबाड हुन पुगेको छ ।

सुरुमा त्रिविले स्नातकोत्तर तहमा २.७ जीपीए ल्याउनेलाई ‘पास’ भएको भन्दै ‘ट्रान्सक्रिप्ट’ दिएको थियो । त्यसकै आधारमा केही विद्यार्थी छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् ।

तर, अहिले ३.० जीपीएभन्दा कम ल्याउने विद्यार्थीलाई ‘फेल’ भएको भन्दै त्रिविले ‘ट्रान्सक्रिप्ट’ दिनै रोकिदिपछि सयौं विद्यार्थीको भविष्य डामाडोल हुने स्थिति आएको छ । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा ‘पास’ भएको ‘ग्रेडसिट’ छ ।

त्रिविले तयार पारेको परीक्षासम्बन्धी कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म पनि बेखबर रहेका कारण यस्तो झमेला आएको हो । विषयगत रूपमा पास हुन २.७ जीपीए आए पुग्ने तर औसतमा उपाधि पाउन ३.० जीपीए ल्याउनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

स्रोतका अनुसार सेमेस्टर प्रणाली सुरु हुँदा कार्यविधि बनेको थिएन तर पढाइ सुरु भएपछि बनेको कार्यविधिमा त्रिविका प्राध्यापक तथा विद्यार्थी बेखबर भएको खबर सोमबारको पत्रपत्रिकामा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.