यति एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति काठमाडौं अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । २१ जना यात्रु लिएर नेपालगन्जबाट आएकाे विमानमा सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तराट्रिय विमानस्थल सुरक्षामा कार्यरत डिआईजी कमल जिटीले बताए ।
अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर विमान बाहिर गएको थियो । विमानकाे अघिल्लाे चक्कामा सामान्य क्षति भएकाे त्रिभुवन अन्तराट्रिय विमानस्थलका डिआइजी जिटीले जनाएका छन् ।
अवतरण गर्ने क्रममा भएको भारी वर्षाले धावन मार्ग चिप्लो बन्न पुगेपछि विमान दुर्घटना भएको हो । विमान चिप्लिएर धावन मार्गभन्दा केही मिटर पर पुगेर जमिनमा जोतिन पुगेको थियो ।
विमान जोतिदा विमान अघितर्फको चक्का भाँचिन पुगेको छ । धावन मार्गबाट चिप्लिएकाे विमानलार्इ हटाउने प्रयास भइरहेकाे र केही समयका लागि विमानस्थल बन्द भएकाे उनले बताए ।
Credit : raranews.com
