ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ ११गते शुक्रबार नेपाल सम्बत ११३८ अनलाथ्व,सन् २०१८ मे २५ तारिक अधिक ज्येष्ठशुक्लपक्ष एकादशी तिथि साँझ७ वजेर २१ मिनेटसम्म,हस्ता नक्षत्र राती ९ वजेर ४२ मिनेटसम्म,सिद्धियोग,वणिजकरण,आनन्दादियोग अमृत,सूर्य वृष राशीमा,चन्द्रमा कन्या राशीमा । ॐः–राहुकालः–विहान१०÷२०वजेबाटमध्यान्ह १२÷३वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान३÷२८ वजेबाट ५÷१०वजेसम्म रहनेछ, दूरमुहूर्तः–विहान ७÷५७ वजेबाट ८÷५१ वजेसम्म र मध्यान्ह १२÷३० वजेबाट अपरान्ह १÷२५ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३५ वजेबाट मध्यान्ह १२÷३०वजेसम्म रहनेछ,गुली कालः–विहान ६÷५५वजेबाट ८÷३८ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५४ वजेसम्म चरवेला,६÷५४ वजेदेखि ८÷३६वजेसम्म लाभवेला,८÷३६ देखि १०÷१८ वजेसम्म अमृतवेला,१०÷१८ देखि १२ वजेसम्म काल वेला,१२ देखि १÷४३ वजेसम्म शुभवेला,१÷४३ देखि ३÷२५ वजेसम्म रोगवेला,३÷२५ देखि ५÷७ वजेसम्म उद्वेगवेलार ५÷७ वजे देखि सूर्यास्तसम्म चरवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷८ वजेसम्म रोगवेला,८÷८ वजेदेखि ९÷२६ वजेसम्म काल वेला,९÷२६ देखि १०÷४४वजेसम्म लाभवेला,१०÷४४ देखि १२÷२ वजेसम्म उद्वेग वेला,१२÷२ देखि १÷१९ वजेसम्म शुभवेला,१÷१९ देखि २÷३७वजेसम्म अमृतवेला,२÷३७ वजे देखि ३÷५५ वजेसम्म चर र ३÷५५वजे देखि सूर्योदयसम्म रोगवेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
मेषः–विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क रहनु होला । गरेका काम प्राय सफल हुने छन् । काम गर्दा गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउनेछ । नयाँ कामको अभ्यास हुनेछ ।
वृषः– आयमुलक भन्दा व्ययमुलक काम बढि हुने छन् । पारिवारिक चिन्ताले छोड्ने छैन । बन्धुको सहयोग कम प्राप्त हुनेछ । मनमा दुविधा बढ्नेछ । कामको बारेमा निर्णय लिदा विचार पु¥याउनु होला ।
मिथुनः– धन सम्पतिको विषयमा विवाद चर्किन सक्छ विचार गरेर काम गर्नु होला । रोग व्याधिको भय देखिन्छ । घर परिवारबाट सुख मिल्ने छैन । समय सापेक्ष चल्न सकिएन भने दुख पाईनेछ ।
कर्कटः–उत्साहाका साथ काममा लाग्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
सिंहः–प्रयत्नबाट धेरै क्षेत्रमा सफलता मिल्नेछ । ऋण लगानी गर्दा एकपटक सोच्नु होला । घरमा अतिथिको आगमन हुनसक्छ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारमा उधारो काम नगर्नु होला ।
कन्याः–हेलचक्र्याई नगरि काम गर्नु होला । रमाईलोमा मात्रै लाग्नु भयो भने कामले गति लिने छैन र पछि पश्चताप हुनेछ । अरुको भर धेरै नपर्नु होला । विना तयारी युद्ध जितिने छैन विचार पु¥याउनु होला ।
तुलाः–फजुल खर्च बढ्नेछ । वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । काममा विग्न बाधा आउने सम्भावना भएको हुदा सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि आउने छ ।
वृश्चिकः– आय आर्जनका दृष्टिले दिन राम्रो देखिन्छ,बचतमा ध्यान दिनु होला । गरेका कामबाट उचित प्रतिफल पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आस्था,विश्वास र पराक्रम घट्ने छैन ।
धनुः– सतहमा वगेर काम नगर्नु होला । काम गर्दा सानातिना समस्या देखिए पनि गर्दै जादा समाधान भएर जाने छन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला । लेनदेनमा ध्यान दिनु होला ।
मकरः– अप्रत्यक्ष रुपमा अरुको उर्जा प्रयोग गरेर काम गर्नु भएमा सफलता मिल्नेछ । नकरात्मक सोचबाट टाढा बस्नु होला । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न । कारोवार गर्दा चनाखो रहनु होला ।
कुम्भः– आफुले चाहे जस्तो वातावरण मिल्ने छैन । प्रतिकुल परिस्थितिमा काम गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा मन्दि आउने देखिन्छ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिनः–इच्छा आकाँक्षा बढ्ने छन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । लगनशिलता बढाउनु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको योग टरेको छैन ।
Credit : onlinepana.com
