तपाईको आजको राशिफल : २०७५ साल जेठ १४ गते सोमबार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ१४गते सोमबार नेपाल सम्बत ११३८ अनलाथ्व,सन् २०१८ मे २८ तारिक अधिक ज्येष्ठशुक्लपक्ष चतुर्दशी तिथि अपरान्ह ६ वजेर ३४ मिनेटसम्म,विशखा नक्षत्र राती ११ वजेर १६ मिनेटसम्म,परिघयोग,गरकरण,आनन्दादियोग मित्र,सूर्य वृष राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर ५८ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।

ॐः–राहुकालः– विहान६÷५३वजेबाट८÷३५वजेसम्म रहनेछ,यमघण्टायोगः– विहान१०÷२० वजेबाट मध्यान्ह १२÷३वजेसम्म रहनेछ, दूरमुहूर्तः–मध्यान्ह १२÷३० वजेबाट अपरान्ह१÷२५ वजेसम्म र ३÷१५ वजेबाट ४÷९ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३६ वजेबाट मध्यान्ह १२÷३०वजेसम्म रहनेछ,गुली कालः–अपरान्ह १÷४६वजेबाट ३÷२९ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।

ॐः–सूर्योदयबाट प्रातः ६÷५३ वजेसम्म अमृतवेला,६÷५३ वजेदेखि ८÷३६वजेसम्म कालवेला,८÷३६ देखि १०÷१८ वजेसम्म शुभवेला,१०÷१८ देखि १२÷१ वजेसम्म रोग वेला,१२÷१ देखि १÷४३ वजेसम्म उद्वेगवेला,१÷४३ देखि ३÷२६ वजेसम्म चरवेला,३÷२६ देखि ५÷८ वजेसम्म लाभ वेलार ५÷८ वजे देखि सूर्यास्तसम्म अमृतवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷९ वजेसम्म चर वेला,८÷९ वजेदेखि ९÷२७ वजेसम्म रोग वेला,९÷२७ देखि १०÷४४वजेसम्म कालवेला,१०÷४४ देखि १२÷२ वजेसम्म लाभ वेला,१२÷२ देखि १÷२० वजेसम्म उद्वेगवेला,१÷२० देखि २÷३७वजेसम्म शुभ वेला,२÷३७ वजे देखि ३÷५५ वजेसम्म अमृत र ३÷५५वजे देखि सूर्योदयसम्म चरवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेषः– समयमा काम गर्नु होला नत्र आसा र भरोसा निरासामा परिणत हुनेछन् । अपरान्हबाट समयले कम साथ दिेनछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काममा बाधा अवरोध आउने देखिन्छ । तनाव बढ्नेछ ।

वृषः– समय सुधारोन्मुख देखिन्छ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । नया कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ ।

मिथुनः– इच्छा आकाँक्षा बढि हुनेछन् तर परिपूर्ति कम हुने देखिन्छ । योजना बनाए अगाडि बढ्दा केहि सजिलो हुनेछ । आर्थिक पक्ष दूर्वल देखिन्छ । अस्थिरताले अनिष्ट निम्त्याउन सक्छ सचेत रहनुहोला ।

कर्कटः– निर्णय गलत हुनसक्छ पुनर्विचार गरेर काम गर्नु होला । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । पारिवारिक कुराले मन दिक्क हुनेछ । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ ।

सिंहः– पूर्वान्ह अनुकुल छ गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मध्यानह पछि काममा समस्या आउने देखिन्छ । घरका समस्या बढ्ने छन् । कार्य शिथिलता बढ्नेछ ।

कन्याः– समय सुधारोन्मु देखिन्छ । धनका कुराले बढि पिरोल्नेछ । कार्य लगनशिलता बढ्नेछ । भ्रमबाट मुक्त भई काम गर्नु होला । घरका समस्या मिलाउन समय लाग्ने छ । व्यापारबाट अल्प लाभ हुनेछ ।

तुलाः– काममा लगनशिलता बढाउनु पर्ने देखिन्छ । वैदेशिक कार्य योजना अगाडि बढ्ने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । सामान्य सहयोग मिल्नेछ ।

वृश्चिकः–दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । विवादबाट टाढा बस्नु होला । अनावस्यक झन्झट आईलाग्न सक्छ । अपरान्हबाट समयमा सुधार आउनेछ । गरेका काममा सफलता मिल्नेछ । आम्दानी बढ्नेछ ।

धनुः– समयमा काम गर्नु होला नत्र आएको अवसर पनि गुम्न सक्छ । आर्थिक कारोवारमा चनाखो रहनु होला । कुनै काम गर्नु छ भने दिनको पूर्वाद्धमा गर्नु राम्रो हुनेछ । साँझपख खर्च विवाद बढ्नेछ ।

मकरः– परिस्थितिले साथ दिनेछ । विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले काम बन्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोगबाट आर्थिक उन्नति हुनेछ ।

कुम्भः– समयको गति सगै काममा सुधार आउनेछ । पूर्वान्ह भन्दा अपरान्ह अनुकुल बन्नेछ । अवरोधहरु हट्दै जानेछन् । आफ्ना काममा भन्दा अरुका काममा बढि चासो दिदा कुनै फाइदा हुने छैन ।

मिनः– समयले खासै साथ दिने देखिन्न । इज्जत प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला । सन्तानको बारेमा बढि चिन्ता हुनेछ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुने छैन । व्यापारमा मन्दि आउनेछ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.