रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ भने दुर्इ जनाकाे शव फेला परेकाे छ। मृत्यु हुनेमा इस्नाथ नगरपालिका अाैरैयाकी ३५ वर्षीया रूना देबी र गौर नगरपालिका– ४ की ५० वर्षीया शान्ती देबीको रहेकी छन्।
डुंगा दुर्घटनामा परेका ३ जना अझै बेपत्ता छन्। उनीहरूको खाेजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएकाे छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार शव घटनास्थल भन्दा करिब ८ किलाेमिटर दक्षिण भारतकाे पररिया घटामा फेला परेकाे छ। नेपालबाट सशस्त्र बेसक्याम्प औरैयाका प्रमुख रामवालक साह नेतृत्वकाे टाेली घटनास्थल तर्फ गएकाे छ। उद्धार गरिएका महेन्द्र सहनीका अनुसार डुंगामा २६ यात्रु सवार थिए।
हराएकामध्ये डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी, इस्नाथ नगरपालिका अाैरैयाकी १० वर्षीया बालिका उषमा कुमारी पटेल रहेका प्रहरीले जनाएको छ। बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीले खोजीकार्य जारी राखेका छन्।
Credit : raranews.com
