जुम्लाः पाँचदिनदेखि लगातार अनशनमा बसेका डा. गोविन्द केसीको स्थास्थ्य अवस्थामा समस्या बढेपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गरिएको छ । जिल्ला खेलकुद समितिको कवर्ड हलमा अनशन बसिरहेका केसीको स्थास्थ्य अवस्था दैनिक गम्भीर बन्दै गएपछि चिकित्सकहरुको पहलमा प्रतिष्ठानमा उपचारका लागि स्थानान्तरण गरिएको हो ।
अनसनस्थलमै केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले उठाएर एम्बुलेन्समा अस्पताल पु¥याएर उपचार थालेका हुन् । गरिबको पहुँचमा गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सेवा पुग्नु पर्ने भन्दै डा. केसीले सुरु गरेको सत्याग्र्रहको यो १५ औं औं पटक जुम्ला पुगेका हुन् ।
एक्कासी मृगौलामा समस्या देखिएपछि उनको जीवन रक्षाका लागि नै सिधै प्रतिष्ठानमा लगिएको उपचारमा संलग्न डा. विनोद अर्यालले जानकारी दिए । डाक्टर केसीलाई कठिन भएपछि जीवन रक्षाका लागि भन्दै चिकित्सकहरुले अस्पताल पु¥याएकोसहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए । अहिले डाक्टर केसीको कर्णाली प्रतिष्ठानको इमरजेन्सीमा उपचार भैरहेको छ ।
डा. केसीले माथेमा आयोगको प्रतिवेदनले दिएको सुझाव अनुसार शेरबहादुर सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुसार केपी ओली सरकारले प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने लगायत विभिन्न १० वटा माग राख्दै जुम्ला पुगेर अनशन सुरु गरेका थिए । अनशनको तयारी गरिरहेका बेला उनलाई निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। डा. केसीले हिरासतमै अनशन सुरु गरेपछि उनलाई प्रहरीले कवर्ड हलमा ल्याएर छोडेको थियो तर प्रहरी नियन्त्रणमै डा. केसीले अनशनलाई निरन्तरता दिएका थिए ।
Credit : raranews.com
